चितवनको सिमलतालमा पहिरोमा परी दुई वटा बस त्रिशूली नदीमा खसेको घटनाबारे अध्ययन गर्न गृहमन्त्री रमेश लेखकले पाँच सदस्यीय कार्यदल बनाएका छन्।
काठमाडौँ– गृह मन्त्रालयले चितवनको सिमतालमा पहिरोमा परी दुइटा बस त्रिशूली नदीमा खसेको घटनाका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ।
सोमबार पदभार ग्रहण गर्दै गृहमन्त्री रमेश लेखकले सिमताल बस दुर्घटनाबारे अध्ययन गर्न पाँच सदस्यीय कार्यदल बनाएका हुन्। उनले सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरे। “प्राकृतिक प्रकोपले जुन विषम परिस्थिति उत्पन्न गरेको छ त्यसलाई सम्बोधन गर्ने हाम्रो पहिलो दायित्व हो,” गृह मन्त्रीले भने।
कार्यदलमा सहसचिव रिजालबाहेक सुरक्षा निकायका तीन जना, भौतिक पूर्वाधार मन्त्रालयका एक जना प्रतिनिधि छन्। कार्यदललाई १० दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न समय दिइएको छ।
असार २८ गते बिहान ३ः३० बजेको समयमा नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोमा परी दुई वटा बस त्रिशूली नदीमा खसेका थिए। एउटा वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स थियो।अर्को काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस थियो।
बससँगै बेपत्ता भएका यात्रुहरूको घटनास्थल र आसपासका क्षेत्रमा खोजी जारी रहेको छ। बस र यात्रुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचाल गरिएको छ।
सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने काम सरकारको प्राथमिकतामा रहेन बताए। उनले अर्थतन्त्रमा शिथिलता र सङ्कुचन देखिएको भन्दै अर्थतन्त्रलाई चलायमान बनाएर उकास्ने र संविधानका मूल तत्त्वहरूलाई बलियो बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको बताए।
“राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने, अर्थतन्त्रमा शिथिलता सङ्कुचन जुन देखिएको छ अर्थतन्त्रलाई चलायमान बनाएर उकास्ने, संविधानको समीक्षा र मूल्यांकन गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशिता जुन संविधानका मूल तत्त्वहरू छन् त्यसलाई बलियो बनाउने सरकारको प्राथमिकता हुन्,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
