सांसदहरूले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ– सांसदहरूले मनसुनजन्य विपद्बाट भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद पशुपतिशमशेर जबराले अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराए। आकस्मिक समयमा बोल्दै उनले देशका विभिन्न क्षेत्रमा बाढी र डुबानका कारण क्षति भएकाले सरकारले आवश्यक राहत तथा उद्धारमा ध्यान दिन आग्रह गरे।
सांसद माधवप्रसाद सापकोटाले आइतबार भएको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लामा रहेका विभिन्न ठाउँका पुलहरू बगाएको र जिल्लाका अधिकांश परिवार विस्थापित भएका बताए।
“हिजो राति भएको अविरल वर्षाका कारण सिन्धुपाल्चोकका दर्जनौँ परिवार विस्थापित भएका छन्। अहिले पनि वर्षा भइरहेकाले सम्भावित जोखिम र क्षतिका घटनाप्रति गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। अवरुद्ध भएका सडकमा तत्काल अस्थायी पुलको व्यवस्था गरी आवतजावत सहज बनाउन र विस्थापित नागरिकको यथोचित बसोबासको व्यवस्थासहित क्षतिपूर्तिको जोडदार माग गर्दछु,” उनले भने।
सांसद तोसिमा गौतमले सरकार गठनका क्रममा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सम्झौता पारदर्शी हुनुपर्ने र महिला, दलित, मधेशीलगायत सबैको सहभागितासहित सरकार समावेशी बन्नुपर्ने माग गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
