आफ्नो इष्टदेवको सम्मानमा हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै अन्न, फलफूल र पात सिउरेर घरको मूल ढोकामाथि झुन्ड्याउने परम्परा छ।
फुङलिङ– किरात समुदायले मंगलबार सिसेक्पा तङ्नाम पर्व मनाउँदै छन्। साउने संक्रान्तिलाई किरात समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन्। ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा रहिआएको छ।
पूर्वी नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने किरातीहरू सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजंगलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) संकलन गरी ल्याउने गर्छन्। दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने परम्परा रहिआएको याक्थुङ चुम्लुङ ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङबोले जानकारी दिइन्।
उनका अनुसार सबै परिवार मिलेर अलि सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्छन्। किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाका अनुसार सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मिठो–मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासि बन्दुक पड्काइन्छ। थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन्। घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउने चलन छ।
आफ्नै मातृभाषामा अनिकाल वा दुःख–पीडालाई पर्वका रूपमा मनाउँदै खेदाएर रमाउँछन्। आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजाति पूर्वका किरात लिम्बू, राई, तराईका थारु र पश्चिमका मगर, गुरुङ आदिले साउने संक्रान्तिलाई सिसेक्पा तङनामका रूपमा मनाउँदै आएको चुम्लुङका अध्यक्ष मेन्याङबोको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
