तोलामा १ लाख ४७ हजार पुग्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख ४६ हजार ९०० मा कारोबार भएको छापावाला सुन एक लाख ४७ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। जुन हालसम्मकै उच्च मूल्य हो। 

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको छ। 

सोमबार प्रतितोला एक लाख ४६ हजार ९०० मा कारोबार भएको छापावाला सुन एक लाख ४७ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। यस वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। जुन हालसम्मकै उच्च मूल्य हो। 

यस्तै, सोमबार प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन एक लाख ४७ हजार १०० निर्धारण भएको छ। 

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। सोमबार प्रतितोला एक हजार ८८५ मा कारोबार भएको चाँदी एक हजार ८७५ रुपैयाँ निर्धारण भएको छ।