हिंसाका लागि उक्साएको र ट्विटरका नियम उल्लंघन गरेकाले कान्येलाई ट्विटरमा प्रतिबन्ध लगाइएको मस्कको भनाइ छ।
अमेरिकी चर्चित र्यापर एवं गीतकार कान्ये वेस्टलाई हिंसा भड्काएको भन्दै ट्विटरले प्रतिबन्ध लगाएको छ। आफूलाई ये नामले चिनाउने कान्ये वेस्टले ट्विटरमा श्रृंखलाबद्ध टिप्पणी लेखेका थिए। तीमध्ये एक ट्विटमा यहुदीहरूको तारा चिह्न र स्वस्तिक चिह्नलाई मिसाएर बनाइको संकेत ट्विट गरिएको थियो।
योसँगै कान्येमाथि प्रतिबन्ध लगाउन आवाज उठेको थियो। त्यसलगत्तै ट्विटरका नयाँ मालिक एलन मस्कले कान्येको ट्विटर अकाउन्ट निस्क्रिय पारेको भन्दै ट्विट गरेका छन्। हिंसाका लागि उक्साएको र ट्विटरको नियम उल्लंघन गरेकाले उनलाई ट्विटरमा प्रतिबन्धन लगाइएको मस्कको भनाइ छ।
यसअघि पनि यस्तै अभिव्यक्तिहरूका कारण कान्येलाई ट्विटरले केही समय प्रतिबन्ध लगाएको थियो। तर, अब उनको ट्विटर अकाउन्ट सधैँका लागि बन्द गराउने मस्कले बताएका छन्।
कान्येले बिहीबार एक अन्तर्वार्ताका क्रममा नाजी नेता अडोल्फ हिटलर, पाप र यौनको प्रशंसा गरेका थिए। त्यसपछि उनको तीव्र आलोचना भएको थियो।
जातिवादी र नश्लवादी टिप्पणी गर्दै आएका उनले केही समयअघि पेरिस फेसन वीकमा ह्वाइट लाइफ म्याटर्स लेखिएको टीसर्ट लगाएका थिए। हिंसा भड्काउने अभिव्यक्तिका कारण उनलाई यसअघि इन्स्टाग्रामले पनि केही समय प्रतिबन्ध लगाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
