मंगलबार नेप्से परिसूचक ७०.१८ अंक बढ्दा कुल नौ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ। नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ को विन्दुमा पुगेको हो।
मंगलबार ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री हुँदा नौ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै जलविद्युत् ५.४५ र विकास बैंक समूह ४.९४ प्रतिशतले बढेको छ।
मंगलबार पाँच वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सिन्धु विकास बैंक, वरण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, अंखुखोला जलविद्युत् कम्पनी, मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ।
त्यस्तै, सिक्लेस हाइड्रोपावर ९.९९ प्रतिशत, सिंगटी हाइड्रो इनर्जी ९.९७, रिदी पावर कम्पनी लिमिटेड ९.९७ प्रतिशत, अरुण भ्याली हाइड्रो पावरको ९.९५, इङ्वा हाइड्रोपावर ९.७८, अपि पावरको ९.६३ र अरुण कावेली पावरको ९.४६ प्रतिशतले बढेको छ।
त्यस्तै मंगलबार तीनवटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। नेपाल इन्भेस्टमेन्ट डिभेन्चर, एनआईबीएल ग्रोथ फन्ड, एलबीबीएल डिभेन्चरको शेयर मूल्य १० प्रतिशतले घटेको हो।
कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै नाग्दी ग्रुप पावरको २१ करोड ७७ लाख ४९ हजार ११७ रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै अपि पावरको आठ लाख ८३ हजार ८१९ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
