अफगानिस्तानको नंगरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण ४० जनाको मृत्यु र ३४७ जान घाइते भएको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ।
पूर्वी अफगानिस्तानको नंगरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ। साथै, घाइतेको संख्या ३४७ पुगेको जनस्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ।
स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयका प्रवक्ता सराफत जमान अमरखिलले बताए। दुर्घटनामा हताहतको संख्या बढ्ने अनुमान गरिएको छ।
सोमबार दिउँसो अचानक आएको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्तका छिमेकी क्षेत्रहरूमा ठूलो जनधनको भएको थियो।
त्यसैगरी, सोमबार बिहान पूर्वी अफगानिस्तानको कुनार प्रान्तको अधिकांश भाग आकस्मिक रूपमा आएको बाढीले बगाउँदा पाँच जनाको मृत्यु भएको छ।
भारी वर्षा र बाढीले मेदेखि युद्धग्रस्त देश अफगानिस्तानमा ४०० भन्दा बढीको ज्यान लिएको छ भने हजारौँको संख्यामा घरबारविहीन भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
