मनसुनी विपद्मा परी गएको चौबिस घण्टाको अवधिमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँ– मनसुनी विपद्मा परी गएको चौबिस घण्टाको अवधिमा सात जनाको मृत्यु भएको छ। मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १२० जनाको मृत्यु भइसकेको छ। गत जेठ २८ देखि मंगलबार बेलुकासम्ममा उनीहरूको मृत्यु भएको हो।
उक्त अवधिमा १३५ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा १२० जनाको मृत्यु भएको हो।
काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेश प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा २९ र सुदूरपश्चिम प्रदेशमा ११ गरी जम्मा १३५ जना घाइते भएको कार्कीले बताए।
बाढीका कारण १८२ घर डुबानमा परेका छन्। २१३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। कुल ५८१ वटा पशुचौपाय मरेका छन्।
उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ६५२ घर परिवार विस्थापित भएका छन्। साथै बाढीपहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएको धनमाल निकालेर सुरक्षा गर्ने र सडकमा भएका अवरोध हटाइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
