सहकारी संसदीय छानबिन विशेष समितिले पूर्वसचिवसँग गर्‍यो छलफल

सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरूसँग छलफल गरेको छ। 

काठमाडौँ– सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरूसँग छलफल गरेको छ। 

समितिले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्वय गोपीनाथ मैनाली र डा. दामोदर रेग्मीसँग छलफल गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिए। 

सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी संकटलगायत विभिन्न संरचनाको कानूनी एवं व्यावहारिक अभ्यास र अनुभवका सम्बन्धमा छलफल भएको उनले बताए। 

उनका अनुसार आवश्यक कागजात मागिएका निकायका सम्पर्क व्यक्तिसँग फलोअप गर्ने, देशभरि राम्रोसँग सञ्चालन भइरहेका सहकारीसँग प्रतिनिधिमूलक छलफल गर्ने, विभिन्न व्यक्तिसँग गरिने सोधपुछको प्राविधिक तयारी र व्यवस्थापन गर्ने, सहकारी संस्थाका लेखापरीक्षकको अनुभवमा आधारित छलफल गर्ने निर्णय गरिएको छ।