मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प  गएको हो।

काठमाडौँ– मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान ४: ४० मा ३.९ म्याग्निच्युडको भूकम्प  गएको हो।

यसअघि गत असार २६ गते ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ।