ठेक्का पूरा नगर्ने ४ निर्माण कम्पनी कालोसूचीमा

कालोसूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ। 

काठमाडौँ– प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। 

अनुगमन कार्यालयले बुधबार सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको हो। 

सरकारको कालोसूचीमा पर्ने कम्पनीहरूमा बीएस भैरवशक्ति निर्माण सेवा डोटी, मस्टा जबीडी कन्डक्टसन इन्जिनियरिङ काठमाडौँलगायत रहेका छन्। यी निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनाका लागि कालोसूचीमा राखिएको अनुगमन कार्यालयको सूचनामा उल्लेख छ। 

कालोसूचीमा राखिएका कम्पनीसँग यस अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ।