स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागी हुन आएका अधिकांश देशका प्रतिनिधिले प्रदर्शनीको अवलोकन गरेका छन्।
न्युयोर्क– संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा मिथिला चित्रकला प्रदर्शनी गरिएको छ। संयुक्त राष्ट्रसंघको ‘दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज’ नाराका साथ गत बिहीबारदेखि जारी प्रदर्शनी बुधबार (जुलाई १७) सकिँदै छ।
मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दूतावास न्युयोर्कको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो। संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले प्रदर्शनीको उद्घाटन गरे। अध्यक्ष फ्रान्सिसले मिथिला चित्रकला प्रदर्शनीले आफूलाई गम्भीर बनाएको बनाउँदै मानवताको रक्षाका लागि विश्व एक भएर अघि बढ्नु पर्नेमा जोड दिए।
स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागी हुन आएका अधिकांश देशका प्रतिनिधिले प्रदर्शनीको अवलोकन गरेका छन्। स्थायी नियोग प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले मिथिला चित्रकलाले सांकेतिक रूपमा दिएको सन्देशलाई गम्भीर रूपमा लिनुपर्ने बताए। उनले जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरणका लागि गम्भीर हुन उच्च नेतृत्वलाई आग्रह पनि गरे। उद्घाटन समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायतले धारणा राखेका थिए।
मुख्यालयमा जारी ‘हाई लेभल पोलिटिकल फोरम अन सस्टेनेबल डेभलपमेन्ट’लाई लक्षित गरी प्रदर्शनी आयोजना गरिएको हो। यसले दिगो विकास लक्ष्य हासिल गर्नका लागि अपनाउनु पर्ने नीतिबारे दबाब दिने अपेक्षा गरिएको मिथिला सेन्टर अमेरिकाका अध्यक्ष अमितप्रताप शाहले जानकारी दिए। जलवायु परिवर्तन, वातावरणीय चेतनासँगै दिगो विकास लक्ष्य हासिल गर्न सांस्कृतिक सम्पदाको भूमिका महत्त्वपूर्ण हुने भएकोले संयुक्त राष्ट्र संघको मुख्यालयमा प्रदर्शनीको आयोजना गरिएको उनको भनाइ छ।

मिथिला कला प्रकृतिसँग जोडिएको र यसले पारेको प्रभाव चित्रकलाबाट प्रस्तुत गरिएको मिथिला चित्रकार प्रतीक रायमाझीले जानकारी दिए। कलात्मक रूपमा कोरिएका मिथिला चित्रले संयुक्त राष्ट्रसंघको मुख्यालयमा उपस्थित भएका संसारभरका उच्चपदस्थ प्रतिनिधिको ध्यानाकर्षण गरेको उनको भनाइ छ। प्रदर्शनीमा मिथिला चित्रकार स्वयंले यसको बारेमा व्याख्या गरिरहेका छन्।
दक्षिण नेपालका साथै उत्तरी भारतको मिथिला क्षेत्रको गौरव, इतिहास, कला, सभ्यता, परम्परा र मौलिकतालाई दर्साउने मिथिला चित्रकला साहित्यिक ज्ञान र कथासँग जोडिएको छ। यस सम्पदाले मानव समाजमा शान्ति, स्थिरता, मित्रता, सद्भाव र समृद्धिमा योगदान पुर्याउने सेन्टरका अध्यक्ष शाहले दाबी गरे।
नेपाली महावाणिज्य दूतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदूत चक्र सुवेदीले मिथिला सभ्यता नेपालको ऐतिहासिक पहिचान भएको भन्दै जलवायु परिवर्तनले पारेको असर र यसमा सम्पूर्ण विश्वलाई गम्भीर बनाउने उद्देश्यसहितको प्रदर्शनी आफैमा महत्त्वपूर्ण भएको दाबी गरे।
प्रदर्शनीमा एस के सुमन, प्रतीक रायमाझी, नुपुर निशिथ, शैली झा, शिभांगी सिंह, मनिशा शाहलगायत चित्रकारको चित्रकला प्रदर्शनी गरिएको छ। त्यस्तै जनकपुर महिला विकास केन्द्रका कलाकारहरू सेलो यादव, सुधिरा कर्ण, कोमल पूर्वे, निर्मला राम, मञ्जुला ठाकुर, सेब्ती मण्डल र अमृता दत्तको कला पनि प्रदर्शनी गरिएको छ।
मिथिला सेन्टर अमेरिकाको पहलमा गत वर्ष पनि यस्तो प्रदर्शनी गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
