बांग्लादेशमा सरकारी जागिरका लागि कोटा प्रणालीका विषयलाई लिएर भएको हिंसात्मक झडपमा परी कम्तिमा ४ जनाको मृत्यु भएको छ भने सयाैँ घाइते भएका छन्।
काठमाडाैँ– ढाकास्थित नेपाली दूतावासले बांग्लादेशमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काममा बाहेक छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको छ।
बांग्लादेशमा जारी ‘कोटा’विरोधी प्रदर्शनहरूमा भएका झडपका कारण बांग्लादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा दूतावासले त्यस्तो अनुरोध गरेको हो।
कुनै कारणवश कलेज प्रशासनले छात्रावासबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई क्रमशः +८८०१८०६९१०१३ र +८८०१७४५४०७९५८ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।
दूतावासले बुधबार सूचना जारी गर्दै बांग्लादेशमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीको शान्ति, सुरक्षा सनिश्चित गर्न बांग्लादेश सरकारका निकाय एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको बताएको छ।
बांग्लादेशमा सरकारी जागिरका लागि कोटा प्रणालीका विषयलाई लिएर भएको हिंसात्मक झडपमा परी कम्तिमा ४ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। बांग्लादेशका प्रधानमन्त्री र सर्वोच्च अदालतले विद्यार्थीहरूलाई कक्षामा फर्कन गरेको आह्वानलाई बेवास्ता गर्दै प्रदर्शनकारीहरूले विरोध जारी राखेका छन्।
सरकारले योग्यतामा आधारित योजना ल्याउनुपर्ने माग राख्दै विद्यार्थीहरूले हप्ता दिनदेखि दैनिक विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले सरकारले छुट्याएको आरक्षणमा निश्चित समूहले मात्रै लाभ लिइरहेको भन्दै त्यसलाई हटाउन माग गरिरहेका छन्।
यस व्यवस्थाले सन् १९७१ मा भएको पाकिस्तान मुक्ति युद्धताका महत्त्वपूर्ण योगदान गरेका राष्ट्र नायकहरूका सन्तानहरूसहित विशिष्ट समूहहरूका लागि निजामती सेवामा आधाभन्दा बढी सिट आरक्षित गरिएको छ। यस प्रणालीले सरकार समर्थक समूहका बच्चाहरूलाई फाइदा पुर्याउँछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
