आज १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम करिब ३५ महिनायताकै उच्च हो।
काठमाडौँ– शेयर बजार परिसूचक नेप्से लगातार बुधबार बुधबार पनि बढेको छ। आज नेप्से २.३३ प्रतिशत अर्थात् ५४.०४ अंकले बढेर २,३६४.६३ को विन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन ९ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा बुधबार ३०६ स्टकको १ लाख ४९ हजार ६८१ पटकको कारोबारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको ३ करोड २० लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यो कारोबार रकम करिब ३५ महिनायताकै उच्च हो। यसअघि २०७८ भदौ १५ गते १३ अर्ब १६ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो।
आज सबै सूचक तथा सह–सूचक बढेका छन्। सेन्सेटिभ इन्डेक्समा २.५० प्रतिशतको वृद्धि भएको छ। यस्तै सहसूचकमा, सबैभन्दा धेरै होटेल तथा पर्यटन र वित्तीय क्षेत्र बढेका छन्। दुवै सूचकमा साढे पाँच प्रतिशतको वृद्धि भएको छ। विकास बैंक ४.०९ तथा निर्माण क्षेत्र ३.०२ प्रतिशतले वृद्धि भएको छ।
यस दिन सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो फाइनान्सको शेयरमूल्य ५४ रुपैयाँ ९० पैसा बढेर ६०३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, सिंगटी हाइड्रो इनर्जी, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको सिटिजन्स म्युचुअल फन्ड २ को इकाईमूल्य भने सर्वाधिक ९.९० प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
