अहिलेसम्म एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाएको आयोगले जनाएको छ।
काठमाडौँ– निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ।
निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मत परिणामअनुसार एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएको औपचारिक जानकारी गराएका हुन्। जसअनुसार एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ।
न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङ्जामा भने मतगणना चालू रहेकाले त्यसको परिणाम आउन बाँकी रहेको बताए।
आयोगले ४ दिनभित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमान गरेको छ। दलहरूले पाएको मत संख्याअनुसार उनीहरूले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरू निर्वाचित हुने छन्। त्यसका लागि आयोगले दलहरूले प्राप्त गरेको संख्या पठाउने र दलहरूले आफूले बन्दसूचीमा पेश गरेका नामावलीको क्रम संख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउने छन्। त्यसो गर्दा एक तिहाइ महिलाको संख्या भने राजनीतिक दलले पठाउनै पर्ने कानुनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता वाग्लेले स्मरण गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
