रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

काठमाडाैँ– वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

राष्ट्रपतिको कार्यालयले बडाललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेको जानकारी दिएको छ। यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिइसकेका छन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नियुक्त भएका पोखरेलले आइतबार नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै राजीनामा दिएका थिए।

बडाल यसअघि २०७७ चैतदेखि २०७८ असारसम्म महान्यायाधिवक्ता रहेका थिए। 

महान्यायाधिवक्तालाई सरकारको कानूनी सल्लाहकार मानिन्छ। 

यो पनि: निरन्तर सत्ताको ‘औजार’ बनेको महान्यायाधिवक्ता कार्यालय