आव २०८०/८१ मा ललितपुर महानगरले लक्ष्यभन्दा १५ करोड बढी अर्थात् दुई अर्ब ५५ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
ललितपुर– ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०/८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा छ प्रतिशत बढी राजस्व संकलन भएको हो।
“सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार दुई अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन हुन्छ भन्ने थियो, लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न महानगर सफल भएको छ, राजस्व प्रणालीमा भएको तथ्यांकअनुसार दुई अर्ब ५५ करोड ४१ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन भइसकेको देखिएको छ, राजस्व संकलनको तथ्यांक अद्यावधिक भइरहेको र अन्तिम तथ्यांक आइसकेको छैन,” थापाले भने।
त्यस्तै, गत आवमा महानगरले ८१.२२ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले जानकारी दिए। “गत आर्थिक वर्षको बजेटअनुसार पुँजीगत खर्चतर्फ चार अर्ब २१ लाख ४६ हजार रुपैयाँ विनियोजित थियो, सोअनुसार तीन अर्ब २५ करोड आठ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ,” धिमालले भने।
राजस्व संकलन र पुँजीगत खर्चमा उल्लेख्य सफलता हासिल गरेको महानगर आव २०८०/८१ मा बेरुजु रकमलाई ०.४६ प्रतिशतमा झार्न सफल भएको छ। समीक्षा अवधिमा महानगरले ५८ करोड रुपैयाँ भन्दा बढी पुरानो बेरुजु फर्छ्याैट गरेको धिमालले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
