अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

राष्ट्रपति बाइडेनलाई खोप लगाइएको र अहिले आराम गरिरहेको ह्वाइट हाउसले जनाएको छ। उनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भइसकेको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

राष्ट्रपति बाइडेनलाई खोप लगाइएको र अहिले आराम गरिरहेको ह्वाइट हाउसले जनाएको छ। उनलाई यसअघि पनि दुई पटक कोरोना संक्रमण भइसकेको छ। 

८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा भएको चुनावी सभामा भाग लिन पुगेका थिए। एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए। 

गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ। 

राष्ट्रपति ट्रम्पलाई डेलावेयरस्थित आफ्नो निवासमा आइसोलेट गर्न लागिएको ह्वाइटहाउसले जनाएको छ । 

त्यस्तै, ह्वाइट हाउसले बाइडेनको डाक्टरको नोट पनि सार्वजनिक गरेको छ। नोटमा बाइडेनलाई श्वासप्रश्वाससम्बन्धी समस्या, नाकबाट सिँगान बग्ने र खोकी लागेको बताएको छ।