फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बंगुरपालनसँगै फलफूलखेती पनि गरिरहेको राईले बताए। उनको फार्ममा अहिले ४१ वटा बंगुर छन्।
भोजपुर– पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई बंगुरपालन र फलफूलखेतीमा जुटेका छन्।
उनले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बंगुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आएका छन्।
बंगुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बंगुरपालनसँगै फलफूलखेती गरिरहेको उनले बताए। राईको फार्ममा अहिले ४१ वटा बंगुर छन्।
भविष्यमा बंगुरपालन तथा फलफूल खेतीबाट वार्षिक ५० देखि ६० लाख रुपैयाँसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको उनले बताए। यसअघि उनले रोजगारीको सिलसिलामा विदेशमा सात वर्ष बिताए। अहिले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेका छन्। “वार्षिक १२ देखि १५ लाखसम्म कारोबार हुन्छ। त्यसबाट खर्च कटाउँदा वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुन्छ।”
स्वदेशमा व्यावसायिक रूपमा काम गर्न सके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उनको भनाइ छ। आफ्नो फार्ममा उत्पादन भएका बंगुर खरिद गर्न ठेकेदार घरमा आउने उनले बताए। फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बंगुरलगायत पालिरहेका छन्।
फार्ममा १२० केजीदेखि १५० केजीसम्मको बंगुर छन्। “बंगुर बिक्रीको कुनै समस्या छैन,” उनले भने, “धरान, विराटनगरबाट ठेकेदार नै आउँछन्। मागलाई धान्न धौ धौ छ। यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु।”
कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताउँछन्। उनलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन्। व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
