प्रदर्शनकारीले बिहीबार बांग्लादेशको मुख्य सरकारी प्रसारक बीटीभीको मुख्यालयमा आगजनी गरेका छन्।
प्रदर्शनकारीले बिहीबार बांग्लादेशको मुख्य सरकारी प्रसारक बीटीभीको मुख्यालयमा आगजनी गरेका छन्। आगजनीका कारण ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ।
स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा सयौँ प्रदर्शनकारीले परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारीसाधन र एउटा कार्यालय भवनमा आगो लगाएको बताए।
“प्रदर्शनकारीले सबैभन्दा पहिला रामपुरामा एक प्रहरी चौकीमा आगो लगाएपछि प्रहरीले उनीहरूमाथि गोली चलायो,” राजधानी ढाकाको छिमेकलाई उद्धृत गर्दै ती अधिकारीले भने, “बीटीभी कार्यालयमा शरण लिएका प्रहरी अधिकारीहरूलाई उनीहरूले पछ्याउँदै आए, त्यसपछि आक्रोशित प्रदर्शनकारीहरूले यहाँ उत्पात मच्चाए।”
बीटीभीको प्रमाणित फेसबुक पेजमा ‘विनाशकारी’ आगो ‘तीव्र रूपमा फैलिरहेको’ उल्लेख छ। प्रसारकले भनेको छ, “हामीले अग्नि नियन्त्रक सेवाबाट सहयोग खोजेका छौँ, धेरै मानिस भित्र फसेका छन्।”
बांग्लादेशको प्रहरी बलले यो साता निजामती सेवा भर्ती नियममा सुधारको मागसहित जारी विद्यार्थीको विरोध प्रदर्शनमा हिंसात्मक कारबाहीलाई तीव्र बनाएको छ। यो साता अहिलेसम्म भएका झडपहरूमा कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
