खोटाङमा ३१ हेक्टर क्षेत्रफलमा लिचीको व्यावसायिक खेती गर्ने गरिएको छ। यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
खोटाङ– खोटाङमा यस वर्ष १६८ मेट्रिक टन लिची उत्पादन भएको छ। गत वर्ष १५३ मेट्रिक टन उत्पादन भएको थियो।
१० स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिचीको व्यावसायिक खेती गर्ने गरिएको छ। यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिक टन तथा हलेसी तुवाचुङमा २०.५० मेट्रिक टन लिची उत्पादन भएको छ। जन्तेढुंगामा गाउँपालिकामा नौ मेट्रिक टन, बाराहापोखरीमा ०.५०, खोटेहाङमा ३६, दिप्रुङ चुइचुम्मामा १८.५०, साकेलामा ६ मेट्रिक टन, केपिलासगढीमा ०.५० मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
लिचीलाई प्रशोधन गरेर बिक्री गर्ने वातावरण सरकारले मिलाउनुपर्ने रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका रामबहादुर राईले बताए। “लिची दाना नै बिक्री गर्ने चलन छ। यसलाई प्रशोधन गरेर जुसलगायत पेय पदार्थ बनाउन सकिन्छ,” उनले भने, “यसप्रति तीनवटै तहका सरकारले योजना बनाउनुपर्छ।”
यहाँको लिची स्थानीय हाटबजार तथा काठमाडौँलगायत शहरमा बिक्री हुने गरेको छ। लिची बिक्रीबाट किसानले वार्षिक करोडौँ आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। तर स्थानीय, प्रदेश र संघीय सरकार यसप्रति उदासीन देखिएको किसानको गुनासो छ। आफूहरूले उत्पादन गरेको लिचीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने राईले बताए।
स्थानीय सरकारले लिचीका बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ। एक पटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकाले अन्य किसान पनि लिचीखेतीमा आकर्षित हुन थालेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
