पहिरोले २ सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

भारी वर्षाका कारण आएको पहिरोले बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा अवरुद्ध भएको थियो। 

ढोरपाटन– पहिरोका कारण असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ।

भारी वर्षाका कारण आएको पहिरोले बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो। 

वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारीसाधन बाटोमै रोकिएका थिए।