तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबार प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन शुक्रबार एक लाख ४७ हजार ५०० निर्धारण भएको छ।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघकानुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन शुक्रबार एक लाख ४७ हजार ५०० निर्धारण भएको छ।

बिहीबार प्रतितोला एक लाख ४८ हजार ८०० रहेको तेजाबी सुन एक लाख ४६ हजार ८०० निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला एक हजार ८६० मा कारोबार भएको चाँदी एक हजार ८३० निर्धारण गरिएको छ।