पर्यटक भित्र्याउन नगरपालिकाले सोभाताल पर्यटकीय क्षेत्रको आठ हेक्टर क्षेत्रफलमा रहेका पाँच वटा तालमध्ये दुईमा डुंगा सञ्चालन, दुईमा माछापालन र एउटामा स्वीमिङ पुल बनाएको छ।
कञ्चनपुर– पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बेलौरी नगरपालिका–५ सोभातालमा डुंगा (वाटर बोट) सञ्चालनमा ल्याइएको छ। पर्यटकीय क्षेत्र अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षितगरी नगरपालिकाले पाँच वटा डुंगा खरिद गरी सञ्चालनमा ल्याएको हो।
पर्यटकीय क्षेत्रलाई थप आकर्षक बनाउन भगवान् गौतम बुद्धको मूर्ति पनि ल्याइएको छ। डुंगा सञ्चालनको जिम्मा सोभाताल संरक्षण समितिलाई दिइएको छ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नगरपालिकाले सोभाताल पर्यटकीय क्षेत्रको आठ हेक्टर क्षेत्रफलमा रहेका पाँच वटा तालमध्ये दुईमा डुंगा सञ्चालन, दुईमा माछापालन र एउटामा स्वीमिङ पुल बनाएको छ। नगर उपप्रमुख जोगराम चौधरीका अनुसार तालमा वर्षभरि एकनासको पानी प्रवाहको व्यवस्था मिलाउन दुई वटा बोरिङ जडान गरिएका छन्।
सोभातालको भौतिक पूर्वाधार विकासमा हालसम्म २५ करोड रुपैयाँ खर्च भइसकेको नगर उपप्रमुख चौधरीले बताए। उनका अनुसार पर्यटकको सुविधाका लागि ‘सेल्फी’ क्षेत्र, आकर्षक पखेटा, सभाहल, अतिथि गृह, पर्खाल, गेट, ठाउँ–ठाउँमा विश्राम गर्न गोलघर, फुटपाथ, मनोरञ्जनात्मक तथा अन्य कार्यक्रम गर्न मञ्च निर्माण गरिएको छ।
“यसअघि यहाँ आउने पर्यटकलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको थियो”, उपप्रमुख चौधरीले भने, “पर्यटकीय क्षेत्रमा टिकट काउन्टरको व्यवस्था गरी प्रवेश तथा डुंगा सवार गरेको शुल्क लिने गरेका छौँ। पर्यटक र पर्यटकीय क्षेत्रको सुरक्षा गर्न कर्मचारी राख्ने योजनासहित प्रक्रिया अगाडि बढाएका छौँ,” उनले भने।
सोभाताल संरक्षण समितिका अध्यक्ष जगदीश चौधरीले पर्यटकीय गतिविधिमा वृद्धि भएसँगै स्थानीय बासिन्दाको रोजगारीका अवसरमा समेत वृद्धि हुने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
