अहिले विश्वमा प्रमुख तीन कम्पनी माइक्रोसफ्ट, अमेजन र गुगलले क्लाउड सेवा प्रदान गर्दै आएका छन्। अचानक देखिएको एउटा प्राविधिक समस्याले विश्वभरलाई नै प्रभावित पारेको छ।
काठमाडाैँ– माइक्रोसफ्टमा आएको समस्याका कारण विश्वभरको बैंक तथा हवाई सेवा प्रभावित बनेको छ। धेरै देशका एअरलाइन्स ठप्प भएका छन्।
माइक्रोसफ्ट क्लाउडको 'आउटेज'का कारण यस्तो भएको हो। विश्वभरका सबैजसो बैंक, व्यवसाय, एअरलाइन्स क्लाउड सर्भरमा निर्भर भएका कारण त्यसमा समस्या आउँदा सबैतिर यसको असर परेको बीबीसीले जनाएको छ।
शुक्रबार दिउँसो माइक्रोसफ्ट क्लाउड डाउन हुँदा भारत, अमेरिका, अस्ट्रेलियालगायत विश्वभरका सयौँ उडान रद्द भएका छन् भने धेरैको समय परिवर्तन गरिएको छ। अमेरिकाको फ्रन्टियर, एलिजियन्ट र सनकन्ट्री जस्ता ठूला एयरलाइन्सको सेवा ठप्प भएको छ। यस्तै, अस्ट्रेलियाको सिड्नीमा विमान उडान प्रभावित भएको छ। युनाइटेड एअरलाइन्सले आफ्नो हवाई सेवा बन्द गरेको छ। भारतका इन्डिगो, स्पाइसजेट र आकाशा एअरलाइन्स ठप्प छन्।
यस बन्दका कारण एअरलाइन्स कम्पनीका बुकिङ, चेक इन, बोर्डिङ, वेब चेक इनलगायतका सबै सेवा प्रभावित भएका छन्। अचानक देखिएको एउटा प्राविधिक समस्याले विश्वभरलाई नै प्रभावित पारेको छ। लाखौँ यात्रुलाई असर परेको छ।
नेपालमा भने यसको प्रभाव खासै देखिएको छैन। नेपाल वायुसेवा निगमले हवाई उडान प्रभावित भएकोबारे अहिलेसम्म केही बताएको छैन।
विश्वका अधिकांश कम्पनीहरूले क्लाउड सर्भरहरू प्रयोग गरिरहेका छन्। अहिले विश्वमा प्रमुख तीन कम्पनी माइक्रोसफ्ट, अमेजन र गुगलले क्लाउड सेवा प्रदान गर्दै आएका छन्। क्लाउड वृहत डाटाको सुरक्षित भण्डारण गर्ने प्रणाली हो।
बैंकदेखि मिडियामा पनि असर
क्लाउड आउटेजको असर बैंकदेखि व्यापार क्षेत्र, मिडिया क्षेत्रमा पनि देखिएको छ। धेरै व्यवसायको आईटी नेटवर्क प्रभावित भएका छन्।
यसका साथै क्लाउडमा निर्भर रहेका व्यवसाय पनि प्रभावित भएका छन्। बेलायतमा रेल सेवा अवरुद्ध भएको छ। अस्ट्रेलियामा दूरसञ्चार समूह टेलस्ट्राको सेवा अवरुद्ध भएको छ। अमेरिकाको अलास्कामा पनि आपतकालीन फोन सेवा प्रभावित भएको छ।
माइक्रोसफ्ट क्लाउड आउटेजका कारण विश्वका धेरै बैंकहरूको काम ठप्प भएको छ। यसका साथै क्लाउडमा निर्भर रहेका व्यवसाय पनि प्रभावित भएका बीबीसीले जनाएको छ।
धेरै मिडिया हाउसको वेबसाइट पनि ठप्प भएको खबर छ। बेलायतको स्काइ न्युज बन्द भएको छ। यस्तै, लन्डन स्टक एक्सचेन्जमा पनि प्राविधिक समस्या देखिएको छ।
किन भयो यस्तो ?
वास्तवमा, माइक्रोसफ्टको क्लाउड आउटेज हुनुको पछाडि ‘क्राउडस्ट्राइक’ मुख्य जिम्मेवार रहेको देखिएको छ। क्राउडस्ट्राइकमा आएको समस्याले माइक्रोसफ्ट क्लाउडमा समस्या देखिएको हो।
क्राउडस्ट्राइकले माइक्रोसफ्टलगायत कम्पनीलाई साइबर सुरक्षा सेवा प्रदान गर्दछ। त्यसैले क्राउडस्ट्राइक डाउनका कारण भारत, अमेरिका, क्यानडा, जापानलगायत विश्वका धेरै देश प्रभावित भएका छन्।
क्राउडस्ट्राइकले आफ्नो वेबसाइटमा विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको छ। फाल्कन सेन्सरसँग सम्बन्धित विन्डोज होस्टहरूमा क्र्यास आउँदा समस्या देखिएको र त्यसको समाधानमा इन्जिनियरहरू लागिरहेका विज्ञप्तिमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
