सभामुख देवराज घिमिरेले नयाँ संसद् भवन निर्माणको प्रगति सन्तोषजनक नभएको बताएका छन्। भवन नयाँ प्रविधिको प्रयोग गर्ने हिसाबले निर्माण हुनुपर्ने उनको भनाइ छ।
काठमाडौँ– नयाँ संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुख देवराज घिमिरेले चासो व्यक्त गरेका छन्। संसद् भवनको निर्माण कार्यमा ढिलाइ भएको बारेमा सभामुख देवराज घिमिरेले शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद् भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीलाई बोलाएर छलफल गरेका हुन्।
छलफलका क्रममा सभामुख घिमिरे नयाँ संसद् भवनको कामको प्रगति सन्तोषजनक नभएको बताए। नयाँ संसद् भवनको ठेकेदारसँग कार्यसम्पादन प्रगति विवरणसम्बन्धी छलफलमा उनले आउँदो हिउँदेसत्र सञ्चालन गर्ने लक्ष्य राखेर सामान्य तहसम्मको काम सम्पन्न नगरे अन्तर्राष्ट्रियस्तरमा बदनाम हुने बताए।
“समग्र हेर्दा यो कामको प्रगति सन्तोषजनक छैन। यसलाई समयमा नै सक्न गम्भीर भएर लाग्नुपर्छ। यसको प्रगतिको निगरानी गर्नका लागि एउटा समिति बनाउने र कार्यप्रगति विवरण लिने गरी नजाने हो भने काम अगाडि नबढ्ने भयो। आउँदो हिउँदेसत्र सञ्चालन गर्ने लक्ष्य राख्यो भने सामान्य तहसम्म सम्पन्न हुनुपर्छ,” उनले भने। साथै उनले नयाँ संसद् भवन प्रचलनमा रहेको नयाँ प्रविधिको प्रयोग गर्ने हिसाबले निर्माण हुनुपर्ने पनि बताए।
उक्त छलफलका क्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संसद् भवन २१औँ शताब्दीको प्रविधिसहित सुविधा सम्पन्न हुनुपर्ने बताए। “भवन निर्माण सम्पन्न गर्नका लागि समय थप गरेका छौँ। तर त्यसको आधार के हो। अहिले एउटा संसद् भवन बनायौँ जनस्तरबाट गाली गर्ने खालको अवस्था भयो भने के हुन्छ? यस विषयलाई पनि सोच्न आवश्यक छ। हामी २१ औँ शताब्दीमा छौँ भन्ने अनुभूति दिने खालको प्रविधिहरू पनि भवनमा हुन आवश्यक छ।”
छलफलमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम राष्ट्रियस्तरको परियोजना भएको भन्दै यसको काम अझै तीव्रताका साथ सम्पन्न गर्ने प्रयास गर्ने बताए। “भवन निर्माण किन ढिलाइ भइरहेको छ। के समस्या छ त्यसको बारेमा जानकारी लिए, त्यसबारेमा छलफल गरेर निर्माणमा आएका अवरोधहरू हटाउन पहल गर्न सक्छौँ। राष्ट्रियस्तरको नै परियोजना हो। अब यो काम अझै तीव्रताका साथ सम्पन्न गर्ने प्रयास गर्नेछु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
