दोलखामा माओवादी केन्द्रका गंगा कार्कीको अग्रता कायमै

हालसम्म ११ हजार ८२९ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले पाँच हजार ६४३ मत प्राप्त गरेका छन्।

काठमाडौँ– दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ।

हालसम्म ११ हजार ८२९ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले पाँच हजार ६४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले चार हजार ७८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

दोलखाको प्रदेशसभा (१) मा ११ हजार ४०९ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले पाँच हजार ६९३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले चार हजार ५१५ मत ल्याएका छन्। प्रदेशसभा (२) मा ११ हजार ५२३ मतगणना हुँदा एमालेका भरत केसीले पाँच हजार १७५ र कांग्रेसका बर्मा लामाले पाँच हजार ३७३ मत प्राप्त गरेका छन्। दोलखामा कूल ८५ हजार ३८८ मत खसेको थियो।