नयाँ सडक क्षेत्रमा फुटपाथ विस्तारको विरोध (तस्वीरहरू)

काठमाडौँ महानगरपालिका–२२ स्थित नयाँ सडक क्षेत्रमा फुटपाथ विस्तारको विरोध जनाउँदै स्थानीयले नगरप्रमुख बालेन शाहको पुतला दहन गरेका छन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– नयाँ सडक क्षेत्रको फुटपाथ विस्तारको स्थानीयले विरोध जनाएका छन्। काठमाडौँ महानगरपालिका–२२ स्थित नयाँ सडकका स्थानीयले महानगरले फुटपाथ विस्तारको काम अगाडि बढाएपछि विरोध जनाएका हुन्। 

उच्च अदालत पाटनले महानगरलाई फुटपाथ विस्तारको कामलाई अगाडि बढाउन बाटो खोलिदिएको थियो। त्यसपछि महानगरले फुटपाथ बढाउने काम शुरू गरेको थियो। बिहीबारदेखि नै स्थानीयले फुटपाथ विस्तारको अवरोध गर्दै आएका छन्। स्थानीयले शुक्रबार साँझ काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहको पुतला दहनसमेत गरेका छन्। 

फुटपाथ विस्तारको विषयलाई लिएर शुक्रबार दिउँसो स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको थियो। काठमाडौँ महानगरको डोजर आएपछि स्थानीय र नगरप्रहरीबीच धकेलाधकेल हुनुका साथै स्थानीयले डोजर माथि चढेर आन्दोलन गरेका थिए।