उपमहासचिव ज्ञवालीका अनुसार पार्टी केन्द्रीय विभागबाट आएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० ठोस कार्यक्रमसहित ३१बुँदे सुझाव दिइएको छ।
काठमाडौँ– नेकपा एमालेले प्रधानमन्त्री केपी ओलीलाई तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र सरकारले गर्नुपर्ने कामको सूची बुझाएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई सुझावपत्र बुझाएको हो।
सुझावपत्रमा सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताको अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषय उल्लेख छन्।
यस्तै, सेवाप्रवाहमा सहजता र झन्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्ने विषय तथा सामाजिक न्याय र सुरक्षाका विषयहरू, झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्राका क्रममा प्राप्त भएका सुझावदेखि जनतामा कायम रहेको निराशा चिर्न तथा आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले गर्नुपर्ने काम उल्लेख छन्।
कांग्रेससँग गत १७ असारमा भएको सहमतिपछि अध्यक्ष ओली गत ३० असारमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। त्यसको करिब डेढ साताअघि नै एमालेले गत २१ असारमा ओली नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र गर्नुपर्ने कामका विषयमा सुझाव दिन उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
कार्यदलले पार्टीका विभिन्न २८ विभागसँग सरकारले गर्नुपर्ने कामका विषयमा सुझावसहित प्रतिवेदन मागेको थियो। सोही प्रतिवेदनको आधारमा सरकारलाई सुझावपत्र दिएको एमाले महासचिव पोखरेलले जानकारी दिए।
उपमहासचिव ज्ञवालीका अनुसार २१ असारमा बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० ठोस कार्यक्रमसहित ३१बुँदे सुझाव दिएको छ। उक्त बैठकले सात दिनको समय सीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको थियो।
एमालेले यसै वर्षको बजेटको दायराभित्र सञ्चालन गर्न सकिने कार्यक्रमहरू, सम्बन्धित मन्त्रालयमा गर्नुपर्ने नीतिगत र कानूनी सुधारहरू, हाल संसद्मा विचाराधीन सम्बद्ध मन्त्रालयसँग सम्बन्धित विधेयकको अवस्था र त्यससम्बन्धी दृष्टिकोण, निर्वाचन घोषणापत्र ०७९ मा त्यस क्षेत्रसँग सम्बन्धित पार्टीका मुख्य प्रतिबद्धताहरू, सम्बन्धित मन्त्रालयबाट हुने सेवा प्रवाह र विकास निर्माणमा देखा परेका मुख्य अवरोध र समाधानका उपाय तथा महिला, युवा, सहरी जनमत, प्रवासी नेपाली र भूमिहीनलगायतलाई आकर्षित गर्न सकिने नयाँ र सिर्जनशील कार्यक्रमलगायत विषय सुझावमा समावेश गरिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
