उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ।
काठमाडौँ– काठमाडौँको ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ। स्वास्थ्य सेवा विभागले शुक्रबार काठमाडौँ आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रिया कार्यक्रममा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले काठमाडौँको टुकुचा खोला र बागमती नदीको संगमस्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको बताएका हुन्।
दुई नदीको संगमस्थलबाट संकलन गरिएको ढलको नमूनामा पोलियो जीवाणु भेटिएको प्रमुख डा. गौतमले बताए। ढलमा पोलियो जीवाणु देखिएको पहिलोपटक हो। नेपालमा सन् २०१० मा अन्तिम पटक मानिसमा पोलियो जीवाणु देखिएको थियो। नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो। सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ।
“अहिले पोलियो जीवाणु ढलमा देखिएको हो। पोलियोको जीवाणु जहाँ देखिए पनि संवेदनशील विषय हो,” उनले भने, “ढलमा देखिनुले कतै व्यक्तिमा पनि छ कि भन्ने आशंका छ।”
खोप शाखा प्रमुख डा. गौतमले ढलमा जीवाणु देखिनु संवेदनशील भएको उल्लेख गर्दै व्यक्तिमा जीवाणु छ कि भनेर खोजबिन गरिने बताए। उनका अनुसार थाइल्यान्डको बैंककमा ढलमा संकलन गरिएको नमूना परीक्षण गर्दा गत असार २९ गते पोलियो जीवाणु देखिएको पुष्टि भएको हो। ढलको नमूना संकलन भने गत जेठ १३ गते दुई नदीको संगमस्थलबाट गरिएको हो।
नेपाल पोलियो उन्मूलन भएपछि १० वर्षपछि पोलियोको जीवाणु भेटिएको हो। उनका अनुसार उक्त पोलियोको जीवाणु प्राकृतिक रूपमा पाइने ‘वाइल्ड पोलियो’ नभएर ‘भ्याक्सिन डिराभ्ड पोलियो टाइप–३’ जीवाणु हो। “टुकुचा र बागमतीको संगमस्थल टेकुमा देखिएको हुनाले पोलियो भाइरस काठमाडौँ उपत्यकाबाट नै आएको हुनसक्छ,” उनले भने।
उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ। परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई घरघर गएर पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्न थालिएको बताए।
उनका अनुसार खोप यही साउन ९ देखि १२ गतेसम्म दुई लाख ८० हजार बालबालिकालाई उक्त खोप लगाइने छ। अभियानसँगै घर र अस्पताल पोलियोको जीवाणु छ कि छैन भनेर पनि परीक्षण गरिने उनले उल्लेख गरे। कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले पोलियो भाइरसले मानिस संक्रमित नहुन भनेर खोप अभियान सञ्चालन गरिएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
