विद्यार्थीहरूले विशिष्ट समूहका लागि अत्यधिक माग गरिने सार्वजनिक क्षेत्रको आधाभन्दा धेरै नोकरी आरक्षण गर्ने कोटा प्रणाली अन्त्यको माग गर्दै आन्दोलन शुरू गरेका थिए।
बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाको शासनका लागि विद्यार्थी आन्दोलन गम्भीर चुनौती बन्दै गएको छ। सातायता बढ्दो विद्यार्थी आन्दोलन देशको सबैभन्दा खराब अशान्तिका रूपमा परिणत भएका विशेषज्ञहरूले बताएका छन्।
हरेक दिन सडकमा भेला भएका हजारौँ विद्यार्थीले हसिनाको कार्यकाल अन्त्यको माग गरिरहेका छन्। राजधानी ढाकामा प्रदर्शनकारीहरूले र्यालीमा ‘तानाशाह मूर्दाबाद’ भन्दै नारा लगाए। आक्रोशित भिडले बिहीबार धेरै सरकारी भवनमा आगो लगाएका थिए।
सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र बनाउने संघर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन्। बांग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसंख्यक र शारीरिक रूपमा अपांगता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ।
त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ। योग्यताका आधारमा सरकारी रोजगारीमा भर्ना लिने प्रक्रिया लागु गर्नुपर्ने भन्दै विद्यार्थीले यो अहिलेको व्यवस्था भेदभावपूर्ण रहेको बताइरहेका छन्। विश्लेषकहरूका अनुसार हसिना र सत्तारूढ अवामी लिगले सामना गरिरहेको संकट उसको आफ्नै सरकारले बनाएको संकट हो।
“प्रदर्शनहरू अत्यन्तै महत्त्वपूर्ण छन्, सम्भवतः अवामी लिग शासनका लागि सत्तामा आएपछिको यो सबैभन्दा गम्भीर चुनौती हो,” क्राइसिस ग्रुप एशियाका निर्देशक पियरे प्रकाशले भने, “प्रदर्शनकारीको गुनासो सम्बोधन गर्ने प्रयास गर्नुको सट्टा सरकारको कार्यले अवस्थालाई अझ खराब बनाएको छ। मुलुक खतरनाक रूपमा तयार भएको देखिन्छ।”
विद्यार्थीहरूले विशिष्ट समूहका लागि अत्यधिक माग गरिने सार्वजनिक क्षेत्रको आधाभन्दा धेरै नोकरी आरक्षण गर्ने कोटा प्रणाली अन्त्यको माग गर्दै आफ्नो अभियान शुरू गरेका थिए। सन् १९७१ को मुक्ति संग्रामपछि पदभार ग्रहण गरेका हसिनाका पिता एवं स्वतन्त्रता नेता शेख मुजिबुर रहमानले उक्त योजना स्थापना गरेका थिए।
योजनाले मुक्ति संग्रामका दिग्गजका सन्तानका लागि ३० प्रतिशत निजामती सेवाका पदहरू आरक्षित गर्दछ। प्रदर्शनकारीहरूले अवामी लिगका वफादारहरूलाई पुरस्कृत गर्नका लागि उक्त योजना प्रयोग गरिएको बताएका छन्।
प्रधानमन्त्री हसिनाले गत साता सम्बोधनका क्रममा प्रदर्शनकारीलाई सन् १९७१ मा पाकिस्तानसँग मिलेर काम गरेका बांग्लादेशीसँग तुलना गरेकी थिइन्। द्वन्द्वको आधा शताब्दीभन्दा लामो समयपछि यो अत्यधिक अपमानजनक आरोप भएको इलिनोइस स्टेट युनिभर्सिटीमा राजनीतिका प्रोफेसर अली रियाजले बताए। त्यसपछि प्रदर्शन थप चर्किएको थियो स्थानीय सञ्चारमाध्यमले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
