सिक्लेसको गुरुङ बस्ती, यस समुदायको संस्कार र अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै विषयको जानकारी लिँदै कोरीको पैदलयात्रा तय गर्न सकिन्छ।
कास्की– प्राकृतिक सुन्दरताले भरिपूर्ण छ, कोरी क्षेत्र। कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कोरी छोटो पदयात्रा गर्न चाहनेहरूका निम्ति खास गन्तव्य बन्दै गएको छ। पछिल्लो समय कोरीको पदयात्रा गर्न आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन्।
सिक्लेसबाट शुरू हुने पैदल यात्रा त्यति सहज भने छैन। जलविद्युत उत्पादनका लागि सडक पुगेको हुनाले जिपमा यात्रा गर्न सकिन्छ। कोरीसम्म भने सडक छैन। सिक्लेसको गुरुङ बस्ती, यस समुदायको संस्कार र अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै विषयको जानकारी लिँदै कोरीको पैदलयात्रा तय गर्न सकिन्छ।

सिक्लेसपछि पहिलो रातको बसाइ भने तसा खर्कमा हुन्छ। भोलिपल्ट करिब ३ घण्टा जंगलको यात्रापछि खाना/खाजाका लागि च्येका ल्हिमा पुगिन्छ।
खाना खाएपछि भने उकालो बाटोको यात्रा शुरूआत हुन्छ। करिब तीन हजारदेखि तीन हजार ५०० मिटर उचाइमा वरिपरि मनमोहक दृश्यले थकान भोक सबै हराएको महसुस हुन्छ कोरी पुग्दा।

कोरीबाट लमजुङ हिमाल, अन्नपूर्ण दोस्रो, माछापुच्छ्रे हिमाल र मनासलु हिमाल आँखै अगाडि देख्न सकिन्छ। जसले जोकोहीलाई पनि मन्त्रमुग्ध बनाउने गर्छ।
कोरी अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकाले यहाँ पैदलयात्रीले विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ। सकेसम्म गाइड लिने वा समूहमा यात्रा गर्ने, पानी, टर्च लाइट, लट्ठी र न्यानो लुगा बोक्नुपर्छ। गर्नुपर्छ। यो कालो भालु अधिक पाइने क्षेत्र हो। यात्राका क्रममा सावधानी अपनाउनुपर्ने हुन्छ।







Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
