भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली नेपाल आएको छ। टोलीले शनिबारदेखि नै काम थाल्ने छ।
काठमाडौँ– नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेका दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ।
भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए। उनका अनुसार शुक्रबार राति सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली शनिबार बिहान घटनास्थलतर्फ गएको छ। टोलीले शनिबारदेखि नै काम थाल्ने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताए।
पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरू आएका हुन्। उनीहरूले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएको बताइएको छ। कार्यकारी प्रमुख पोखरेलका अनुसार नेपालको स्रोत साधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो। गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालका अनुसार गएको असार ३१ गते भारतबाट विज्ञसहितको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको थियो । सोही आधारमा भारतीय खोज तथा उद्धार टोली नेपाल आएको हो । असार २८ गते शुक्रबार वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स बस पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए ।
बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ। अझै ३९ यात्रुको दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन। उक्त घटनाको अध्ययन गर्न गृह मन्त्रालयले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
