ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका उपाध्यक्षसमेत रहेका डा. माबोको पुस्तकमा पूर्वी पहाडको जनजीवन, सामाजिक सद्भाव, मुन्धुम संस्कृति तथा समसामयिक विषयबारे १५ वटा कथा समावेश छन्।
काठमाडौँ– साहित्यकार डा. चित्रकुमार माबोको कथासंग्रह ‘डोलीभर्ना’ सार्वजनिक भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई, साहित्यकार तथा सञ्चारीका समूहका अध्यक्ष विमला तुम्खेवा, माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री र प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले संयुक्त रूपमा विमोचन गरेका हुन्।
ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका उपाध्यक्षसमेत रहेका डा. माबोको यो पहिलो कथासंग्रह हो। पुस्तकमाथि साहित्यकार तुम्खेवा र प्रतिष्ठानका सदस्यसचिव डा. सुवेदीले टिप्पणी गरेका थिए। कथा संग्रहले सामाजिक सद्भाव, समसामयिक विषय र लिम्बू जातिको संस्कार र संस्कृति संरक्षण तथा उजागर गर्नमा टेवा पुर्याउने तुम्खेवाले बताइन्।
पूर्वी पहाडको जनजीवन, वर्षौंदेखिको सामाजिक सद्भाव, मुन्धुम, संस्कार, संस्कृति तथा समसामयिक विषय समेटिएका १५ वटा कथा पुस्तकमा समावेश गरिएको छ। डोलीभर्ना कथासंग्रहलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
