मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई २ लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा भएको छ।
काठमाडौँ– मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरूप दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख रुपैयाँ निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पुर्याएर पीडित परिवारलाई राहत वितरण पनि गरिसकेका छन्।
मनसुनको अवधिमा सबै प्रकृतिका विपद्मा परेर अहिलेसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ।त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ। मनसुनका समयमा यही देशभर परेको भारी वर्षाका कारण विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका १२५ जनालाई सुरक्षा निकायद्वारा जीवितै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ।
प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ओखलढुंगा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिए।
शुक्रबार मात्रै गएको एक महिनामा भएको मनसुनी विपद्को अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत संघसंस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ।
प्रतिवेदन अनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहत स्वरूप १५ हजारदेखि २० हजार रुपैयाँसम्म वितरण गरिएको जनाइएको छ।
प्रवक्ता भट्टराईका अनुसार रेडक्रसबाट हालसम्म १४५ थान तारजाली, २९५ थान ब्ल्यांकेट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एक सय थान झुल, २२५ थान सरसफाइ किट, एक हजार १३८ मिटर कपडा उपलब्ध गराइएको र गृह मन्त्रालयमातहत निकायबाट ५२० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्यांकेट, एक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ।
उनले समन्वयात्मक रूपमा विपद् व्यवस्थापनको काम जारी रहेको पनि जानकारी दिए। यसपालि बढी वर्षा हुने आकलन रहेको थियो । मनसुनको सुरुआत महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
