विद्यार्थीको आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाको आइतबारका लागि तय स्पेन र ब्राजिलको भ्रमण रद्द भएको छ।
बांग्लादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपपछि प्रधानमन्त्री शेख हसिनाको विदेश भ्रमण रद्द भएको छ। आन्दोलन चर्किँदै गएपछि देशका विभिन्न शहरमा सैनिक तैनाथ गरिएको छ।
बांग्लादेशमा जारी आन्दोलन नियन्त्रण गर्न प्रहरी असफल भएपछि प्रधानमन्त्रीको कार्यालयले गत मध्यरातबाट सेना परिचालन र कर्फ्यु आदेश जारी गरेको छ। आन्दोलनका क्रममा भएका हिंसात्मक झडपमा परी अहिलेसम्म कम्तीमा १०५ जनाले ज्यान गुमाइसेका छन्।
सरकारले नागरिकको सहायताका लागि कर्फ्यु लगाउने र सेना तैनाथ गर्ने निर्णय गरिएको प्रधानमन्त्री हसिनाका प्रेससचिव नईमुल इस्लाम खानको भनाइ छ।
राजधानी ढाकाका सडक शनिबार बिहानैदेखि सुनसान छन्। सेना र बख्तरबन्द गाडीबाट कर्मचारीहरूले गस्ती गरिरहेका छन्। यसै क्रममा कर्फ्युलाई बेवास्ता गर्नेलाई प्रहरीले घर फर्काइरहेको छ।

कर्फ्यु आइतबारसम्म कायम रहने निजी प्रसारण च्यानल–२४ ले रिपोर्ट गरेको छ। प्रधानमन्त्री हसिनाको आइतबारका लागि तय भएको स्पेन र ब्राजिलको भ्रमण विद्यमान अवस्थाका कारण रद्द गरिएको उनका प्रेससचिव खानले जानकारी दिए।
विद्यार्थीले विशिष्ट समूहका लागि अत्यधिक माग गरिने सार्वजनिक क्षेत्रको आधाभन्दा धेरै नोकरी आरक्षण गर्ने कोटा प्रणाली अन्त्यको माग गर्दै अभियान शुरू गरेका थिए। विद्यार्थीले हसिनाको कार्यकाल अन्त्यको माग गरिरहेका छन्।
राजधानी ढाकामा प्रदर्शनकारीले र्यालीका क्रममा ‘तानासाह मुर्दावाद’का नारासमेत लगाएका थिए। आक्रोशित भिडले बिहीबार धेरै सरकारी भवनमा आगजनीसमेत गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
