चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये २५ शव फेला परेकोमा १७ को सनाखत भएको प्रहरीले जनाएको छ।
काठमाडौँ– चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म २५ शव भेटिएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा परी बेपत्ता भएकामध्ये २५ शव फेला परेकोमा १७ को सनाखत भएको छ।
प्रहरीका अनुसार अहिलेसम्म ऋषिपाल साह, विकास परियार, रमितकुमार माझी, जयप्रकाश ठाकुर, सजाद अन्सारी, सुदीप विका, परमानन्द पण्डित, किशोरकुमार चौधरी, अशोककुमार यादव र ऋषिकुमार सिंहको सनाखत भइसकेको छ।
त्यस्तै, विवेककुमार, जितेन्द्रराम महरा, चन्द्रप्रभा कुमारी, अमृता कुमारी, तुल्सी दास, सनबाज अलाम, माइला भनिने राजेन्द्र लामिछानेको सनाखन भएको प्रहरीले जनाएको छ। ६ पुरुष र दुई महिलाको शवको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ।
असार २८ गते भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बग्दा यात्रु बेपत्ता भएका थिए। अहिलेसम्म दुवै बस फेला परेका छैनन्।
बसमा सवार ६५ जनामध्ये तीन जना पौडी खेलेर सकुशल निस्किन सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए।
त्रिशूली नदीमा हराइरहेको बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ। भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को १२ सदस्यीय टोली चितवन आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए। शुक्रबार राति सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली शनिबारदेखि नै काम थालेको प्राधिकरणले जनाएको छ।
पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरू आएका हुन्। उनीहरूले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएको बताइएको छ।
कार्यकारी प्रमुख पोखरेलका अनुसार नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो। गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो।
सरकारले उक्त दुर्घटनाका सम्बन्धमा अध्ययन गर्न गृह मन्त्रालयमा सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
