भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्ति अध्यागमनको रेकर्डमा देश बाहिर गएको नदेखिएको र आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ।
काठमाडौँ– उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक गरेर पदीय लेनदेनको हिसाब मिलाउन अनर्गल प्रचार गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ।
आइतबार एक विज्ञप्तिमार्फत् रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपाको छवि धूमिल पार्ने दूषित मनसायबाट यस विषयलाई अतिरञ्जित बनाइएको दाबी गरेका हुन्। “संघीय संसद् सचिवालयलगायत अन्य उच्च पदासीन व्यक्तिलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ,” उनले भनेका छन्।
रास्वपाको छवि धूमिल पार्ने दूषित मनसायबाट छद्म रूपमा भइरहेका यस्ता गलत प्रहारबाट विचलित नहुनसमेत झाले अनुरोध गरेका छन्। उपसभामुखले आफूसहित ६ जनाको भिसा अन्तर्वार्ताको समय मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको विषयबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएको विज्ञप्तिमा जनाइएको छ।
“सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन,” विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित भनिएका व्यक्तिसँग रास्वपा उपसभापति डीपी अर्यालले गर्नुभएको अडियो रेकर्डिङ हामीसँग सुरक्षित रहेको जानकारी गराउँदछौँ।”
यस्तै, रास्वपा यस विषयमा अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका पक्षमा रहेकोसमेत उनले स्पष्ट पारेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
