बाढीले पाइप बगाएपछि बागलुङ बजारमा खानेपानी अभाव

बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेशखोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको थियो।

गलकोट– बागलुङ बजारमा खानेपानीको अभाव भएको छ। भूदीखोलाले पानीको पाइप  बगाएपछि एक सातादेखि नगरवासी खानेपानीको समस्याबाट पिरोलिएका हुन्।

बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेशखोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको थियो। मुख्य मुहानको पाइप बगाउँदा समस्या भएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव जीवन आचार्यले बताए।

पाइप मर्मत थालिएकाले केही दिनमा नै खानेपानी समस्या समाधान हुने उनको भनाइ छ।