बिरामीको संख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ। ५० शय्या क्षमताको अस्पतालमा दैनिक ३०० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन्।
उदयपुर– त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन्। बिरामीको संख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।
अस्पताल प्रशासनका अनुसार ५० शय्या क्षमताको अस्पतालमा दैनिक ३०० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन्।
पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले बताए। “बिरामीलाई भुइँमा राखेर सेवा गर्नुपरेको छ, अन्य रोग लागेका बिरामीलाई बेड छैन,” उनले भने, “भाइरल ज्वरोका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ।”
नगरपालिका क्षेत्रको गाईघाट, पुरानो गाईघाट, असारी, मोतिगडा, देउरी, बगाहा, जलजले, राजाबास, चुहाडे, लक्ष्मीपुर, पोर्ताह, खैराहा झोडा, बिषणपुर, खैजनपुर, मोथ्याई र जोगिदह क्षेत्रमा भाइरलको प्रकोप फैलिएको छ।
त्रियुगा क्षेत्रमा भाइरलको प्रकोप बढेसँगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप ह्वात्तै बढेको जिल्ला अस्पताल उदयपुरले बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
