सत्तापक्षका सांसदले उपसभामुखले पदीय मर्यादा विपरीत काम गरेको भन्दै राजीनामा दिएर छानबिनमा सघाउन माग गर्दा प्रतिपक्षी सांसदले उपसभामुखको विषयमा ‘मिडिया ट्रायल’ भइरहेको बताएका छन्।
काठमाडौँ– उपसभामुख इन्दिरा रानामगरले काठमाडौँस्थित अमेरिकी दूतावासलाई भिसाका लागि अन्तर्वार्ताका लागि लेखेको पत्रका बारेमा प्रतिनिधिसभामा प्रश्न उठेको छ।
सत्तापक्षका सांसदले उपसभामुखको राजीनामात मागेका छन् भने प्रतिपक्षी दलले उनको बचाउ गरेका छन्। सत्तापक्षका सांसदहरूले उपसभामुखमाथि छानबिन गर्न माग गर्दा प्रतिपक्षी दलका सांसदले ‘मिडिया ट्रायल’ भइरहेको बताएका छन्।
केही दिनअगाडि उपसभामुख रानामगरले पाँच जनालाई अमेरिकाको भिसा दिनका लागि सिफारिस गर्न लेखेको पत्र सार्वजनिक भएको थियो। उनले अमेरिकाको न्युयोर्कमा आयोजना भएको संयुक्त राष्ट्रसंघीय निकायको कार्यक्रममा सहभागिताका लागि केही व्यक्तिलाई भिसाको मिति अघि सारिदिन दूतावासलाई पत्राचार गरेको स्वीकारेकी छन्। यही विषयलाई लिएर अहिले सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप भइरहेको छ।
आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख रानामगरले पदीय मर्यादा विपरीत काम गरेको भन्दै राजीनामा दिएर छानबिनमा सघाउन माग गरे।
संसद्सँग साइनो नभएका मान्छेलाई मानव तस्कर प्रयोग भिसाका लागि पत्र लेखेको देखिएको उल्लेख गर्दै उनले भने “यस्तो अवस्थामा उपसभामुखले संसद्को कमान्ड गर्न सुहाउँछ कि सुहाउँदैन?"
भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद् हुन नसक्ने उल्लेख गर्दै उनले भने, “कन्सल्टेन्सी जस्तो नबनाइयोस्। चिन्दै नचिनेको मान्छेको सिफारिस कसरी गरियो? छानबिन हुनुपर्छ।”
त्यस्तै, नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले उपसभामुख रानामगरले भिसा अन्तर्वार्ताका लागि संसद्सँग सम्बन्धित नरहेका व्यक्तिहरूलाई सिफारिस प्रकरणबारे संसदीय छानबिनको माग गरेका छन्। “यो काण्ड छानबिन गर्न जरुरी छ, सरकारले छानबिन गर्ला आफ्नो ठाउँमा छ। तर यो संसद्ले छोड्नेवाला छैन,” उनले भने।
रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुखको विषयमा ‘मिडिया ट्रायल’ भइरहेको बताइन्। उनले भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउन मिडिया ट्रायल भइरहेको दाबी गरिन्। “उपसभामुखज्यूको नामबाट जुन मिडिया ट्रायल गरिएको छ। यसमा घोर आपत्ति जनाउन चाहन्छु। हिजोको दिनमा यही सभाबाट एउटा अमुक मान्छेलाई भिसा चाहियो भनेर भनेको होइन? सडकमा प्रदर्शनमा उत्रिएका होइनन्? यदि आचरणको कुरा गर्ने हो भने गरौँ। सबैको आचरण हेरौँ, सबैको लेटरप्याडबाट के–के लेखिएको छ हेरौँ। तपाईंहरूलाई मन लाग्यो भन्ने मिडिया ट्रायल गर्यो नत्र चुप लागेर बस्ने? बोल्ने नै हो भने डिक्लियर गर्नु न भुटानी शरणार्थी प्रकरण कसले गरेको हो भनेर। त्यो आँट छ ? हेप्ने कामचाहिँ नगर्नुहोला।”
त्यस्तै, माओवादीका सांसद माधव सापकोटाले संवैधानिक परिषद्मा अल्पमतमा पर्ने अवस्था आएर उपसभामुखमाथि प्रश्न उठाइएको टिप्पणी गरे। “खासगरी यो राजनैतिक र नैतिक प्रश्न हो। यसलाई स्विकार्नु पर्छ। तर संवैधानिक परिषद्मा अल्पमतमा पर्नुभयो भनेर यस्तो कुरा गर्नु भएको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
