डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबीच गत महिना भएको चुनावी बहसमा बाइडेनको प्रदर्शन ‘निराशाजनक’ रहेपछि डेमोक्र्याट नेताहरूले उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका थिए।
जो बाइडेनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट आफ्नो नाम फिर्ता लिएका छन्। ८१ वर्षीय अमेरिकी राष्ट्रपति बाइडेनको मानसिक स्वास्थ्यको सन्दर्भमा रिपब्लिकन क्याम्पबाट उनको निरन्तर उम्मेदवारीबारे प्रश्न उठिरहेको थियो। यसैबीच, आइतबार राति एक विज्ञप्ति जारी गर्दै बाइडेनले आफ्नो चुनावी अभियान समाप्त भएको घोषणा गरेका हुन्।
उनले आफ्ना सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्। डेमोक्र्याटिक पार्टीका नेताहरूले आपसी कुराकानीमा बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारी छोड्न सल्लाह दिइरहेका थिए। रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन्।
अमेरिकामा चार महिनापछि मात्रै राष्ट्रपतिको निर्वाचन हुँदैछ। जुनको अन्त्यमा, रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबीच बहस भएको थियो। जसमा बाइडेनको प्रदर्शन ‘निराशाजनक’ रहेको थियो। त्यसबेलादेखि डेमोक्र्याट नेताहरूले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका थिए।
जो बाइडेनको तर्फबाट उनको निर्णय राष्ट्र र उनको पार्टीको हितमा रहेको भनिएको छ। विज्ञप्तिमा भनिएको छ, "राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। मैले फेरि चुनाव लड्ने मनसाय राखेको भए पनि आफ्नो उम्मेदवारी फिर्ता लिई आफ्नो कार्यकालको बाँकी अवधिमा राष्ट्रपतिको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान केन्द्रित गर्नु नै मेरो पार्टी र देशको हितमा हुने विश्वास लिएको छु।"
उनले ट्वीटमार्फत पनि आफ्नो धारणा व्यक्त गरेका छन्। "म कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीको उम्मेद्वारको रूपमा पूर्ण समर्थन गर्दछु। यो डोनाल्ड ट्रम्पलाई पराजित गर्न एकजुट हुने समय हो," उनले लेखेका छन्, "२०२० मा पार्टीको उम्मेदवारको रूपमा मेरो पहिलो निर्णय कमला ह्यारिसलाई उपराष्ट्रपतिमा चयन गर्ने थियो। र यो मैले अहिलेसम्म गरेको सबैभन्दा राम्रो निर्णय हो। आज म कमलालाई यस वर्ष हाम्रो पार्टीको उम्मेदवार बनाउनको लागि मेरो पूर्ण समर्थन गर्न चाहन्छु।"
डेमोक्र्याट नेता र पूर्व राष्ट्रपति बाराक ओबामाले पनि बाइडेनको निर्णयको प्रशंसा गरे। तर, उनले कमला ह्यारिसको नाम भने स्वीकृत गरेका छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
