साउनको पहिलो सोमबार पशुपतिनाथमा श्रद्धालुको भीड (तस्वीरहरू)

व्रतालु तथा श्रद्धालुहरू झरीमा रुझ्दै भगवान शिवको दर्शनको लागि लामबद्ध भएका छन्।

काठमाडाैँ– साउन महिनालाई हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको महिना र सोमबारलाई भगवान् शिवजीको बारका रूपमा लिने गर्छन्। यही विश्वासका साथ आज पशुपतिनाथ दर्शनका लागि व्रतालु तथा श्रद्धालुको भीड लागेको छ।

यस दिन विशेषरूपमा शिवको पूजा, आराधना गरिन्छ। नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ। पशुपतिनाथ मन्दिरमा भने चन्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा  भक्तजनको भीड लाग्छ।

यस वर्षको श्रावणको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरू झरीमा रुझ्दै भगवान शिवको दर्शनको लागि लामबद्ध भएका छन्।

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी