प्रतिनिधिसभा बैठक बस्दै: संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीले उत्तर दिने

संघीय संसद सचिवालयका अनुसार सोमबार दिउँसो १ बजेका लागि  प्रतिनिधिसभाको बैठक बोलाइएको छ। 

काठमाडौँ– आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार सोमबार दिउँसो १ बजेका लागि  प्रतिनिधिसभाको बैठक बोलाइएको छ। 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम रहेको छ। बैठकमा सांसदले उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिनेछन्।

त्यस्तै, आजको बैठकमा कानूनमन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।