बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी अधिकृत ६ लाख घुससहित पक्राउ

घुस लिँदै गरेको डेढ लाख रुपैयाँ नगद र चार लाख पचास हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ।

आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा  लिएको  हो।

औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले कोइरालालाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिए। उनीबाट सेवाग्राहीबाट घुस लिँदै गरेको डेढ लाख रुपैयाँ नगद र चार लाख पचास हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको छ।