संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले देशभरका सहकारीहरूको विवरण संकलन फारममार्फत पनि जानकारी लिने प्रक्रिया अगाडि बढाएको बताएका छन्।
काठमाडौँ– स्थानीय तहमा समस्याग्रस्त सहकारी नभएको छानबिन समितिले जनाएको छ। संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले देशभरका सहकारीहरूको विवरण संकलन फारममार्फत पनि जानकारी लिने प्रक्रिया अगाडि बढाएको बताएका छन्।
सोमबार बसेको सरकारी छानबिन विशेष समितिको बैठकपश्चात उनले स्थानीय तहमा सबैभन्दा धेरै २४ हजार सहकारी रेहकोमा समस्याग्रस्त सहकारी स्थानीय तहमा नरहेको बताए।
"देशभरको सहकारीको तस्वीर थाहा होस भनेर ७ सय ५३ वटै पालिका र सातवटै प्रदेशको क्षेत्राधिकार भएका र त्यहाँ कार्यरत सहकारीहरुको बारेमा विवरण संकलन फारममार्फत पनि जानकारी लिने प्रक्रिया अगाडि बढाएका छाैँ। स्थानीय तहमा सबैभन्दा धेरै २४ हजार सहकारी छन्, तर समस्याग्रस्त सहकारी स्थानीय तहमा छैन," उनले भने।
सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका लागि सहकारीको सामान्य मूल्य मान्यतका आधारमा उभिएर अगाडि बढ्दा स्थानीय सहकारीलाई जोड गर्ने र त्यसका लागि कानून बमोजिम हस्तान्तरण हुने हो भने सबै नियमन, सञ्चालन राम्रो हुने उनको भनाई छ।
"समग्र अवस्था हेर्दा सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका लागि सहकारीको सामान्य मूल्य मान्यतका आधारमा उभिएर अगाडि बढ्दा स्थानीय सहकारी, उत्पादन सहकारीलाई जोड गर्ने र त्यसका लागि कानून बमोजिम हस्तान्तरण हुने हो भने सबै नियमन, सञ्चालन राम्रो हुन्छ," उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
