धान गोड्न व्यस्त किसान (तस्वीरहरू)

जेठको अन्तिम तथा असारको पहिलो सातातिर धान रोपेका ललितपुरको छम्पीका किसान अहिले गोडमेल तथा मल हाल्न खेतमा व्यस्त देखिन्छन्।

तस्वीर : नेपाल फोटो लाइब्ररी

काठमाडौँ– ललितपुरको छम्पीका स्थानीय किसान अहिले धान गोड्न व्यस्त भएका छन्। जेठको अन्तिम तथा असारको पहिलो सातातिर धान रोपेका किसान अहिले गोडमेल र मल हाल्न खेतमा व्यस्त देखिन्छन्। स्थानीय बिहानको समय र दिउँसो घाम ढल्किन थालेपछि गोडमेलमा निस्किन्छन्। भर्खरै रोपेको धानलाई झारले खाने भएपछि गोड्नुपर्ने उनीहरूको भनाइ छ। काठमाडौँ उपत्यका मात्र नभई देशका अधिकांश स्थानमा अहिले किसान धान गोड्नमा व्यस्त छन्। हरिया फाँटमा आपसमा गफिँदै किसानहरू गोडमेलमा व्यस्त देखिनछन्। हेर्नुहोस् तस्वीरहरू :