सोमबार नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अंकले बढेको छ। सोमबार परिसूचक २.१५ अंकले बढेर २४८८.०९ को विन्दुमा कायम भएको हो।
सोमबार ३०९ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर एक लाख ७० हजार ५५९ पटक खरिदबिक्री भएको थियो। यसक्रममा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार ४४० रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार अघिल्लो दिनभन्दा शेयर कारोबार रकम घटेको हो। १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
बैंकिङ १.२३, विकास बैंक ०.६३, होटल तथा पर्यटन ०.२१, लगानी ०.४७, लघुवित्त ०.५३ र निर्जीवन बीमा समूहको उपसूचक ०.०६ प्रतिशतले घटेको छ। अरू समूहको उपसूचक बढेको छ।
यस दिन वित्त समूह ०.७१, जलविद्युत् १.७४, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन २.१६, म्युचुअल फन्ड ०.७८, व्यापार १.८६ र अन्य समूहको उपसूचक १.४३ प्रतिशतले बढेको छ।
यस दिन मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।सबैभन्दा धेरै घट्नेमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.९४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३६ करोड ९३ लाख ४८ हजार सात सय ४१ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को १५ लाख ५६ हजार ९९५ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
