लुम्बिनीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्ति भएका छन्।
काठमाडौँ– लुम्बिनीको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य एवं नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्ति भएका छन्। लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचनले आचार्यलाई सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
एमाले र कांग्रेसका ५६ सांसदले एमाले लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष सोमबार नै दाबी पेश गरेका थिए। ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन चाहिन्छ।
यसअघि लुम्बिनीमा एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि पार्टी केन्द्रको निर्देशनपछि आचार्यलाई मुख्यमन्त्री बनाइएको हो। अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेको केन्द्रीय सदस्य हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
