धनुषामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

सुनसरीको इटहरीबाट जन्ती लिएर महोत्तरीतर्फ गइरहेको जीप पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा दुर्घटना हुँदा मृत्यु भएकाे छ।

काठमाडौँ– धनुषाकाे वीरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।

सुनसरीको इटहरीबाट जन्ती लिएर महोत्तरीतर्फ गइरहेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन्। उनीहरूको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ।